‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १५:३०:२७
४ पुस, काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौथो सँस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने विश्वास लिइएको हो ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भन्नुभयो, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ । विगतका श्रृङ्खलाले पनि स्थानीयलाई चलचित्रसँग सामिप्यता बनाउन सघाएको पाएका छौँ ।” उनले महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको बताउँदै वृत्तचित्र, छोटा चलचित्र, भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिए ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष सापकोटाले बताए । गोरखाको लाप्राकबाट सुरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा र तेस्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
हिउँद लागेसँगै मेलामहोत्सवको माहोल सुरु, व्यापार बढ्ने आश
पुष २, २०८१ मंगलबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार