३१ अंकले घटेर २६ सय तल झर्यो नेप्से: कारोबारमा सुधार, ४ अर्ब ७६ करोडका शेयर किनबेच
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १६:७:४७
४ पुष, काठमाडौं । बिहीबार शेयरबजार ३१.४३ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से २६२८.२६ विन्दुमा बन्द भएको थियो । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ ।
गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २७ करोडको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७६ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४९ करोडले वृद्धि भएको छ । आज ३१० वटा धितोपत्रको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच भएको हो ।
बिहीबार २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको छ । आज चार अर्ब ७६ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य स्थिर रहेको छ ।
कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.७३ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक २.३१ प्रतिशतले घटेको छ । सपोर्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.०९ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार