कर्णालीलाई हराउँदै एनपीएलको फाइनलमा पुग्यो जनकपुर, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १६:२३:७
४ पुष, काठमाडौं । दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । अब जनकपुरले उपाधिका निम्ति सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना जनकपुर बोल्ट्ससँग हुने भएको हो । कीर्तिपुरको टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ क्वालिफायर–टुको खेलमा जनकपुरले कर्णाली याक्समाथि दुई विकेटको जित निकाल्यो ।
फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको थियो । जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।
आक्रामकरूपमा प्रस्तुत भएका निसमले करिब २६५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै १७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । निसमलाई १५.३ ओभरमा विपीन शर्माले बोल्ड गरे । निसम आउट हुँदा जनकपुरलाई जितका निम्ति २७ बलमा २५ रनको आवश्यकता थियो । सोही ओभरको अन्तिम बलमा विपीनले जनकपुरका मोहमद मोहसिनलाई एलबीडब्लूको धरापमा पारेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार