धापासीस्थित एक घरमा भीषण आगलागी

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार २१:३:४

४ पुस, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिइन् ।
साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताइन् । आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगो पूर्णरुपमा नियन्त्रणमा आउन केही समय लाग्ने वडाध्यक्ष पौडेलले बताइन् । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार