स्क्यानर मेसिन किनिदिने सर्तमा छुटे जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्ने अध्यक्ष थापामगर
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १०:४२:५६
५ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेका कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरलाई प्रहरीले बिहीबार साँझ नै छाडेको छ । उनले फुटाएको स्क्यानर मेसिन किनिदिने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वार्ता भइरहेका बेला आवेगमा आएर अध्यक्ष थापामगरले तोडफोड गरी स्क्यानर मेसिन फुटाएको र त्यसपछि प्रहरीले पक्राउ गरेको बताए ।
थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको प्रहरीसमक्ष स्वीकारेका थिए । थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएर सहमती पछि छाडेको हो ।
उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिने सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा एउटा स्टेसनबाट राहदानीको आवेदन लिने काम हुँदै आएको छ । जसको क्षमता ४० जनासम्मको छ । पछिल्ला केही वर्षयता राहदानी लिनेको संख्या बढेपछि प्रशासनले टोकन प्रणाली र कार्यालय बाहेकको समयमा समेत सेवा दिने गरेको छ । तर पनि सेवाग्राहीको भीड घटेको छैन ।
कालिगण्डकी गाउँपालिका विकट भएकाले त्यहाँका बासिन्दालाई प्राथमिकता दिनुपर्ने माग गाउँपालिका अध्यक्ष थापामगरले राखेका थिए । त्यही विषयमा छलफल भइरहेका बेला उनी आवेगमा आएर स्क्यानर मेसिन नै फुटाइदिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार