छविसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल कार्यालय
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार ११:९:१६
५ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । संगठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेश गरिसक्नु पर्ने व्यवस्था भएकाले रविको हकमा पनि छवि पक्राउ परेर म्याद थपे यताको समय जोडिएको थियो । यसले पनि अदालतमा मुद्दा अभियोजन गर्न हतार भएको छ ।
सरकारी वकिल कार्यालयले आइतबारभित्र रविको मुद्दा अदालत लगिसक्नु पर्छ । यसैले भ्याएसम्म आज शुक्रबार र नभ्याए आइतबार ११ बजे अगाडि नै मुद्दा अदालतमा पुर्याउने तयारी भइरहेको सरकारी वकिल कार्यालयका एक अधिकारीले नेपालबहसलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले सरकारी वकिललाई मुद्दा बुझाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायत विरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको माग छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेमाथि छ । लामिछाने गोर्खा मिडियाको शेयर सदस्य र प्रबन्ध निर्देशक भएको समयमा सहकारीको रकम अपचलन भएको थियो ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नु पर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा छ । यसैले सकेसम्म आजै अभियोजन गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
सहकारी ठगीमा अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिन अनुसन्धानका लागि हिरासतमा राख्न पाउने हदम्याद कानुनले दिएको छ । सहकारी ठगी आरोपमा पूर्व डीआइजी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ । हदम्यादको अन्तिम दिन भएकाले जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जसरी भए पनि अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ । संगठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेश गरिसक्नु पर्ने व्यवस्था भएकाले रविको हकमा पनि छवि पक्राउ परेर म्याद थपेयताको समय जोडिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार