गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार ११:३८:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/gahu_XaVpy1d08Y_iHoC77HeTr.jpeg)
५ पुस, महोत्तरी । गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ । खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो । जिल्लाका मटिहानी र बर्दिबास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएका छन् ।
“खेतबारी खनजोत गरेर तयार पा¥यौँ, भरपर्दो बीउ नपाएर छर्न पाइएको थिएन”, मटिहानी–६ का किसान नेमत अतुल्लाले भने, “अहिले नगरपालिकाले आधा मूल्यमा उन्नत बीउ दियो, अब दुई–तीन दिनमै छरिसकिन्छ ।” मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले नगर क्षेत्रका नौवटै वडाका नौ सय किसानलाई महोत्तरी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको गौतम र विजय जातका उन्नत गहुँको बीउ वितरण गरेको हो । गहुँको बीउको निर्धारित मूल्य प्रतिकिलो रु ८५ मा अहिले किसानले ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ २५ पैसामै पाएका हुन् ।
गहुँबाली लगाउने समय घर्कँदै जाँदा बीउ खोज्न निकै भौतारिएका किसान अहिले खुसी छन् । “पहिले निकै खोजी गरियो, विश्वासिलो बीउ भेटिएन, अहिले त आधा मूल्यमै पाइयो, निकै खुसी छौँ”, मटिहानी–८ का जसिम दर्जी भन्छन्, “नगरपालिकाले समयसमयमा हेर्छ भन्ने विश्वास जाग्यो ।” यता मधेसमा मङ्सिर चौथो साताको प्रारम्भदेखि पुसको दोस्रो साताभित्र गहुँ छर्ने उपयुक्त समय मानिन्छ । अहिले बीउ पाएपछि अब समयमै बाली लगाउन पाइएको किसान बताउँछन् ।
यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिकाको कृषि शाखाले पनि नगर क्षेत्रका चार सय २५ किसानलाई २० देखि ८० किलोग्रामसम्म गहुँको बीउ उपलब्ध गराएको छ । बर्दिबासमा उन्नत जातको गहुँको बीउ खरिदमा नगर कार्यपालिकाको कार्यालयले रु आठ लाख ५० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्रमुख साजन दाहाल बताउछत् । यस नगरक्षेत्रमा एक ४० क्विन्टल गहुँको बीउ किसानलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ । बर्दिबासमा कुल नौ हजार पाँच सय ६५ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार तीन सय १५ हेक्टरमा गहुँखेती गरिँदै आइएको दाहालको भनाइ छ ।
जिल्लामा जम्मा १५ स्थानीयतह छन् । सबैतिरको मुख्य पेसा खेती नै छ । यसैले गहुँमात्र नभएर सबैजसो बाली लगाउन किसानलाई उत्प्रेरित गर्न सम्बद्ध स्थानीय तहको नेतृत्वले पहलकदमी लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार