धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १२:१८:३
५ पुस, धरान । धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नाराका साथ पुस ७ गते आइतबारदेखि १७ सम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्थाको आयोजना र त्रिवेणी महिला समूह धरानको सहआयोजनामा धरान उपमहानगरपालिका १५ बगरकोट एभरेष्ट लाइनमा हुन लागेको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । उनले भने, “उक्त महोत्सवमा मौलिक र जातीय पकिारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्था गरिएको छ ।”
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चादेखि सबै उमेर समूहका नागरिक रमाउन सक्नेगरी रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकीमाउसलगायत खेलकुदका सामग्रीको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहने र अपराह्न ४ः०० बजेपछि कालाकारहरूको उपस्थितिलाई मध्यनजर गर्दै शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
हिउँद लागेसँगै मेलामहोत्सवको माहोल सुरु, व्यापार बढ्ने आश
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार