सुदूरपश्चिम पुगेर शेखर कोइरालाले भने, १५ औं महाधिवेशनमा म सभापतिको स्वभाविक दाबेदार हुँ
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १५:२७:५१
५ पुष, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले आगामी १५ औँ महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार रहेको बताएका छन् । उनले आउने महाधिवेशनसम्ममा भरसक पार्टीलाई एक ढिक्का बनाएर लाने आफ्नो उद्देश्य रहेको बताएका छन् । आगामी महाधिवेशन एकताको महाधिवेशन हुने उनको दावी छ ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरे । उनले शेरबहादुर देउवा र गगन थापा साझा सभापति र महामन्त्री भएको बताए । १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको कोइरालाको भनाइ छ ।
उनले महाधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए । उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताए । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।
तस्वीरः दिनेश थपलियाको फेसबुकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार