तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १५:४५:४५
४ पुस, तनहुँ । तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि दमौली पुग्नुपर्ने बाध्यता रहेकामा स्थानीय तहबाटै प्राप्त गर्ने अवसर मिलेसँगै सर्वसाधारणलाई सजिलो भएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले जानकारी दिए । जिल्लाका आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण भइरहेको भण्डारीले बताए ।
जिल्लाका व्यास नगरपालिका र भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम बाँकी छ । विगत केही वर्ष पहिलादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरी प्रशासनमा परिचयपत्र आएर बसेकालाई पालिकाबाटै परिचयपत्र प्राप्त गर्ने व्यवस्था मिलाइएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।
उनले भने, “कार्यालयमा ६० हजारभन्दा बढी परिचयपत्र आएर बसेका थिए, परिचयपत्र सम्बन्धित पालिकामै लगेर वितरण गर्ने काम भइरहेको छ, यसले गर्दा सर्वसाधारणलाई दमौलीसम्म आउनुपरेन ।” प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाइएको बताए ।
उनले भने, “परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको हो, पञ्जीकरण विभागबाट सहयोग पायौँ कर्मचारीलाई पालिकामै खटाएर परिचयपत्र वितरण गरिएको छ ।” घरदैलोमै गएर सेवा दिन सकिए जनताको मन जित्न सकिने प्रजिअ थापाको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबाटै परिचयपत्र वितरण गरिँदा सर्वसाधारणलाई सहज भएको बताए । उनका अनुसार बन्दीपुरका छवटै वडामा पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको थियो । बन्दीपुरका स्थानीय आनन्द गुरुङले परिचयपत्र लिनका लागि एक दिनको समय छुट्याएर दमौली जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले भने, “पालिकाबाटै परिचयपत्र पाउँदा समयको पनि बचत भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार