प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार २१:४०:१६

५ पुस, दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताए । “पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन् । अब अन्तिम चरणका काम बाँकी छन्”, उनले भने, “त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन् ।”
यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो । आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए । उनका अनुसार भ्याटबाहेक रु तीन अर्ब नौ करोड एक लाख २९ हजारमा शर्मा सगुन जेभी काठमाडौंले यहाँ निर्माणको काम गरिरहेको छ ।
विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो ।
तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो ।
त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे । “सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन ग¥यौँ । त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ”, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने ।
राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो ।
हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ । ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ । यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
फागुन १२, २०८१ सोमबार
नाबालिका बन्धक बनाएको घटनामा महानगरले बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
फागुन १२, २०८१ सोमबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
फागुन १२, २०८१ सोमबार
नाबालिका बन्धक बनाएको घटनामा महानगरले बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
फागुन १२, २०८१ सोमबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार