सुदुरपश्चिमका नेता कार्यकर्तासँग शेखरले भने- कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु
नेपालबहस संवाददाता
पुस ६, २०८१ शनिबार १०:१०:५९
६ पुस, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने बताएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता कोइरालाले अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने भन्दै त्यसको जिम्मा आफूले लिने बताए । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।
विगतमा तपाईंहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिनँ । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ, कोइराला भने ।
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे । उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए ।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले ९ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । जिल्लागत रुपमा जिल्लाका समस्याहरूको बारेमा नौ वटै जिल्लालाई सम्बोधन समेत गरेका थिए ।
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो राखेका थिए । १५ औं महाधिवेशनमा आफूहरू डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । र, पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार