कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
नेपालबहस संवाददाता
पुस ६, २०८१ शनिबार १४:१७:३६
६ पुस, कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन् ।
चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ 'विसिएन' का चरा विज्ञ हिरुलाल डगौराले बताए ।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ । सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखापरेको थियो ।
सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तर रूपमा देखापर्दै आएको चराविज्ञ डगौरा बताउँछन् । उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पंछीका रूपमा चित्रण गर्ने गरिन्छ । साइवेरियालगायत उत्तरी ध्रुवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ ।
कहिलेकाही कञ्चनपुरका सनवोरा, स्यालीलगायत नदी तटीय क्षेत्रमा पनि यस प्रजातिको सारस देखापर्ने गरेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताए । गतवर्ष स्याली नदीको बगरमा सयौँको सङ्ख्यामा लक्ष्मण सारस देखापरेको उनले उल्लेख गरे । यलाई अङ्ग्रेजीमा कमन क्रेन ९ग्रस ग्रुस० भन्ने गरिन्छ । सारस प्रजातिमध्ये यो मध्यम आकारको रहेको छ ।
यसको शरीरको तौल औसत चारदेखि पाँच किलोग्रामसम्म र शरीरमा रहेका प्वांखको रङग खरानी किसिमको हुन्छ । यस्तै, टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङको हुन्छ । यस चराले साइवेरियालगायत ठाउँका ताल तलैया, सीमसार क्षेत्रमा प्रजनन गरी बच्चा कोर्लने गरेको चराविज्ञहरूको भनाइ छ ।
उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो प्रजातिको सारस बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको चराविज्ञ डङ्गौराले बताए ।
सोही क्रममा ती चराहरू अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् । “सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ”, उनले भने,“यी चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् ।
यसका साथै बाघ, चितुवाजस्ता हिंसक जनावर नजिक आउन लागेमा सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गरेको पनि जानकारहरू बताउँछन् । गर्मी सुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्कने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार