बाँकेमा धान उत्पादनमा वृद्धि
नेपालबहस संवाददाता
पुस ६, २०८१ शनिबार १६:३४:४
६ पुस, राँझा 'बाँके' । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ ।
यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो । जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।
गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिञ्चित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको श्रेष्ठले जानकारी दिए ।
गत वर्ष ३४ हजार छ सय ७५ हेक्टरमा धानखेती भएकोमा यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । बाँकेमा ३५ देखि ४० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ । यस वर्ष बेलैमा पानी परेकाले धान उत्पादन बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी श्रेष्ठले भने, “यस वर्ष समयमा पानी परेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिँचाइ आयोजनाबाट किसानले लाभ पाएका छन् ।” बाँकेमा सिक्टा सिँचाइलगायत विभिन्न योजनाबाट गरी २५ हजार एक सय १५ दशमलव ३० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ । करिब १० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा किसानले धानखेती गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार