गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार ७:२:१७
७ पुस, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालिकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुरस्कार प्रदान गरिने महोत्सवका खेल संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिए ।
प्रतियोगितामा एक दर्जनभन्दा बढी टोली सहभागी हुने बताइएको छ । महोत्सवमा भलिबलका साथै स्थानीय कृषि उपज, स्थानीय घरेलु वस्तु, शैक्षिक सामग्री, स्थानीयस्तरमा रहेका परम्परागत झाँकीको प्रदर्शनी, नृत्य प्रतियोगितालगायत कार्यक्रम गर्न लागिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार