भारतमा मोदी कि गड्करी ? यस्तो छ आरएसएसको तयारी
इन्द्र रिजाल
बैशाख २३, २०७६ मंगलबार १:१४:५४
भूमिका निर्वाहमा यो एक अनौठो विरोधाभास हो । नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले नागपुरमा नितिन गडकरीका लागि (चुनाव) प्रचार गरेनन्, तर आफ्ना केन्द्रिय यातायात मन्त्री एवं आर.एस.एस. प्रमुख मोहन भागवतका यी प्रियपात्रलाई वाराणसीमा आफ्नो अभियानमा सरिक हुन आमन्त्रित गरे ।
मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ । यो सिद्धान्तअनुसार यदि भाजपाको सीट संख्या २०० देखि १८० सम्म तल (मात्र) आयो भने आर.एस.एस.ले गडकरीका साथ गठबन्धन सरकार बनाउनका लागि जोड दिनसक्छ । के अनुभव गरिन्छ भने गडकरीको सहज व्यक्तित्वका कारण मोदीभन्दा उपयुक्त गठबन्धन व्यक्ति हुन् ।
मन्दिरको शहर, जहाँ प्रधानमन्त्री पुनः निर्वाचित हुन खोज्दैछन्, सडक प्रदर्शनमा मोदीका साथ गडकरीको संग्लनतालाई राजनीतिक वृत्तमा अनौठो मानियो । किनभने हाल चलिरहेको निर्वाचनको पहिलो चरणमा नै भएको मतदानका क्रममा मोदीले गडकरीका लागि एउटा ¥याली वा चुनावी सभालाई पनि संवोधन गरेका थिएनन् ।
भाजपामा के गाईगुई सुनिन्छ भने नागपृुरमा गडकरीले मोदीलाई (लैजान) चाहेनन् । उनी आफ्नै लोकप्रियता र गतिविधिबाट जितिनेमा आश्वस्त छन् । साहाराका लागि कसैको जरुरत छैन । त्यही कुराले उनले अमित शाहलाई पनि बोलाएनन् । के लाग्छ भने शाहले स्वयंलाई बाध्य बनाएर एउटा बैठकलाई सम्वोधन गर्न जोड दिए ।
मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ । यो सिद्धान्तअनुसार यदि भाजपाको सीट संख्या २०० देखि १८० सम्म तल (मात्र) आयो भने आर.एस.एस.ले गडकरीका साथ गठबन्धन सरकार बनाउनका लागि जोड दिनसक्छ । के अनुभव गरिन्छ भने गडकरीको सहज व्यक्तित्वका कारण मोदीभन्दा उपयुक्त गठबन्धन व्यक्ति हुन् ।
भाजपा वृत्तको के भनाई छ भने मोदी आफ्नो तर्फबाट चाहन्थे वाराणसीमा गड्करीले आफ्नो पार्टीलाई एउटा संकेत दिउन् कि गडकरीका वरिपरि अनेकौं कुरा भए पनि उनी आफ्ना अत्यन्त महत्वपूर्ण व्यक्ति हुन् ।
डिम्पलका पखेटामुनि
अखिलेश यादवकी पत्नी डिम्पलले सिने नायक (शत्रुघ्न सिन्हा) पत्नी पूनम सिन्हाउपर खरो नजर लगाइरहेकी छन्, जो लखनऊ सीटका लागि गठबन्धनकी उम्मेदवार हुन् । पूनमले जोड दिएर के भनिन् भने पटना साहिब (क्षेत्र) मा आफ्ना पतिका लागि दुईपटक चुनाव प्रचार गरेपछि उनी राजनीतिका लागि नौलो मान्छे होइनन् । तर उनी लखनऊका लागि नौलो हुन् जहाँ उनी पहिलोपल्ट प्रतिष्पर्धा गर्दैछिन् ।
डिम्पलले पूनमलाई आफ्ना पखेटामुनि ल्याएकी छिन् र शहरको जटिल राजनीतिक भुलभुलैयाबारे स्टार–पत्नीलाई पथप्रदर्शन गर्न पार्टीका ज्येष्ठ नेताहरूलाई लगाएकी छन् । के लाग्छ भने डिम्पल नियमित रुपले यी नेताहरूका साथ सम्पर्कमा छिन् ताकि पूनमलाई ठीक स्थानहरूमा लगिँदैछ भन्ने सुनिश्चित होस्, विचार निर्माताहरूसँग उनी परिचित होउन् तथा सञ्चारमाध्यमद्वारा उनका लागि प्रचारप्रसारको प्रबन्ध होस् ।
उनी एक नवशिकारु (राजनीतिज्ञ) भए पनि पूनमले आफ्नो नयाँ भूमिका प्रभावकारी रुपमा निर्वाह गरिरहेकी छन् भन्ने लाग्छ । समाजवादी पार्टीका एक नेताले भने, उनी लखनउका सिन्धी समुदायमा धेरै हिट भइरहेकी छन् । पूनम आफैं सिन्धी हुन् । उनको मनोनयन लखनउको राजनीतिक वृत्तका लागि आफैंमा एउटा आश्चर्यको कुरा भएको थियो । तर पूनमले भनिन् उनी सदैव लोकसभाका लागि निर्वाचन लड्न चाहन्छिन् । उनले भनिन्, उनी र शत्रुघ्न गत डिसेम्बरदेखि नै उत्तरप्रदेशमा शुभारम्भका लागि अखिलेशसँग सम्पर्कमा छन् ।
ठुस्सिएका नेता
उत्तर प्रदेशमा भाजपाको अभियानमा एक उल्लेखनिय अनुपस्थित पार्टीका पूर्वप्रदेश अध्यक्ष तथा वर्तमान उपमूख्यमन्त्री केशवप्रसाद मौर्य हुन् । भाजपाको एक सुत्रका अनुसार उनलाई हेलिकप्टर वा हवाईजहाज उपलब्ध गराईएको छैन, किनभने स्टार (नेतृत्वकारी) प्रचारकहरूको सूचीमा उनी परेका छैनन् । परिणामतः मौर्य गहिरो अद्विग्नताका साथ घरै बसिरहेका छन् र मुश्किलैले लखनऊभन्दा बाहिर जाने गर्छन् ।
चुनावी अभियानमा उनको अनुपस्थितिले पार्टीभित्र बेचैन पक्ष रहेको छ जो उपमूख्यमन्त्रीलाई उपेक्षा गरेको कारण असन्तुष्ट मौर्य मतदाताहरू विपक्षी खेमातिर सर्नसक्ने कुराले डराईरहेको छ । मतदान आगामी चरणमा महत्वपूर्ण छ, जहाँ मौर्य समुदाय पूर्वी उत्तरप्रदेशका कतिपय खास क्षेत्रमा प्रभावशाली छ ।
तनावमा कुटनीति पनि
भारतको आफ्ना छिमेकीहरूका साथ सम्बन्ध पहिलोपटक चुनावी मुद्दा बनेर आएको छ । जहाँ चलिरहेको अभियानमा पाकिस्तान भाजपाबाट आगो ओकलेको अवस्था बेहोरिरहेको छ, बंगलादेश समेत अभिनेता फिरदौस अहमदको कारणले तानिएको छ । यी अभिनेताले भारत–बंगलादेश सीमावर्ती दुईटा निर्वाचन क्षेत्रमा तृणमूल कांग्रेसका उम्मेदवारका लागि प्रचार गरे जसबाट खैलाबैला मच्चियो । यसले बंगलादेश सरकारलाई लज्जास्पद बनायो जसले अभिनेतालाई माफी माग्न र घर फर्किन चुपचापसँग सन्देश पठायो । अहमदले विधिवत रुपमा क्षमा मागे र ढाका फिर्ता हुन उडान लिए । तर यसबाट पनि भारत सरकार सन्तुष्ट भएन ।
गृहमन्त्रालयले अहमदको बहुप्रवेश कामकाजी भिसालाई रद्द गरिदियो, जो २०२२ सम्मका लागि वैध थियो । भिसा रद्दबाट बंगलादेशी अधिकारीहरूलाई खिन्न बनाएको विश्वास गरिन्छ, जो एक वैमनस्यताजन्य कार्यबाही हो । उनीहरूलाई लाग्दछ कि भारतले किंचित उदार रवैया देखाउनु पथ्र्यो र अहमदले माफी मागेर फर्किसके पछि यो कुरालाई स्वतः सामसुम हुन दिनुपथ्र्यो ।
के लाग्छ भने बंगलादेश यस विषयलाई लिएर भारत सरकारलाई एउटा कडा विरोधपत्र पठाउने विकल्पलाई खारेज गर्न विचार गरिरहेको छ, विदेशनीतिका हर्ताकर्ताहरू चिन्तित छन्, जसलाई थाहा छ कि बंगलादेश ती दुई छिमेकीहरूमध्येको एक हो, जसका साथ भारत सौहार्दपूर्ण सम्बन्ध राख्दछ ।
राजनीतिक शिकार
सहारनपुरबाट कांग्रेस उम्मेदवार इमरान मसूद उत्तरप्रदेशमा समाजवादी–बहुजन समाज पार्टी–राष्ट्रिय लोकदल गठबन्धनका सबभन्दा धेरै हताहतहरूमध्ये एक सावित हुनसक्छन् । मसूदलाई सहारनपुरका एक सशक्त प्रतिस्पर्धी मानिन्थ्यो, साथै सहारनपुर ती सिटमध्ये एक थियो जसमा कांग्रेस २०१४ मा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण जित्ने अपेक्षा गरिरहेको थियो । मसूद त्यो चुनावमा दोस्रो स्थानमा रहे, भाजपा उम्मेदवारभन्दा लगभग ५० हजार मतले हारेका थिए ।
तर पश्चिमी उत्तर प्रदेशमा जातिवाद र सामुदायिक रेखाका साथै तीब्र धु्रबीकरणको कारणबाट मसूद प्रतिस्पर्धाबाट बाहिर हुनपुगे । यहाँँसम्म कि पश्चिमी उत्तर प्रदेशका उदीयमान दलित स्टार चन्द्रशेखर आजादले पनि गठबन्धनलाई मजबुत बनाउनका लागि भन्दै आफ्नो जाटब समुदायको दबाबको कारण मत विचलन हुनुभन्दा बरू आफ्नो लागिसमेत प्रचार अभियान चलाएनन् ।
उत्तर प्रदेशमा के चर्चा छ भने मसूद यसपटक तेस्रो स्थानमा आउन सक्छन् । चर्चाअनुसार उनले आफ्नो जमानत जोगाउन सके भनेपनि भाग्यशाली कहलाइने छन् ।
–वरिष्ठ भारतीय पत्रकार आरती आर. जेरठको यो आलेख ‘राजनीतिक सन्देशको महत्व’ (Importance of a Political Message) शीर्षकमा भारतीय अंग्रेजी दैनिक ‘द स्टेट्सम्यान’ र ‘एशिया न्युज नेटवर्क’ को संयुक्त प्रस्तुतिबाट लिइएको हो । अंग्रेजीबाट अनुवाद :- चन्द्रमणि गौतम ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार