लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १०:५६:४
७ पुष, काठमाडौं । गत मंसिर १५ देखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) खेल पुष ६ गते समापन भयो । फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भएको थियो । खेल सुरु गरेको जनकपुरे प्रतियोगिता पनि जित्यो । उपाधि जनकपुर बोल्ट्सले जितेपछि मधेसमा हर्षोल्लास छाएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम लगायत मधेसका विभिन्न सहरमा समर्थकहरू नाचगान र आतसबाजी भइरहेका छन् । सडक, चोक र गल्लीमा भेला भएर खुसी साटासाट गरिरहेका छन् । पहिलो संस्करणको लिग जनकपुरले जितेपछ पर्साको प्रसौनी गाउँपालिकाले आज आइतबार विदासमेत दिएको छ ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले सूचना जारी गर्दै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेको ऐतिहासिक अवसरमा गाउँपालिकाभरि आइतबार बिदा दिइएको जानकारी दिएका छन् । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक आइतबार एक दिनको स्थानीय विदा दिने निर्णय गरेको थियो ।
शनिबारको अन्तिम खेलमा एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो । जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । नेपाली खेलकुदमा प्रदान गरिएको यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको छ ।
आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगितामा तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए । २२ दिन चलेको एनपीएलमा ३२ खेल भएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ हुँदै पुरस्कारका रूपमा कार प्राप्त गरे । प्रतियोगिताभरमा सर्वाधिक १७ विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार हात पारे ।
सुदूरपश्चिमले यसै एनपीएलमा जनकपुरलाई दुई पटक पराजित गरेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो । यो एनपीएलकै न्यून स्कोरमा रह्यो ।
सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायर–१ मा ८ विकेटले हराएर फाइनल पुगेको थियो । जनकपुरले क्वालिफायर–२ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पार्दै सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो । हातमा चोट बोकेका कप्तान अनिल साहबिनै जनकपुरले यो सफलता पाएको हो । फाइनल खेल हुनु अघि सुदूपश्चिमका समर्थकले जनपुरका खेलाडीलाई धोती शब्द प्रयोग गरेपछि जनकपुका खेलाडीले मन दुखाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार