राजनीतिक खेलमा अलग धारका देउवा र प्रचण्ड एनपीएलमा एकै लहरमा देखिए, शंका गर्नेलाई लाभ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार ११:५०:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/npl_traphy_1p68Kkp3TK_dZ20qrtoMa.jpg)
७ पुस, काठमाडौं । चार वर्ष अघि केपी शर्मा ओलीको सरकार ढाल्ने बेलामा सहकार्य गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७९ को निर्वाचनपछि बनेको पछिल्लो सरकारमा सँगै थिए । प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको साथ लिएपछि २०७९ फागुनबाट सहकार्य गरिरहेका बेला पुन एमालेतिर ढल्कँदा देउवाले एमालेको साथ लिएर अहिले सरकारको प्रमुख हिस्सेदार बनेका छन् । त्यसयता प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा गाली गलौच गर्दै आएका छन् तर देउवालाई भने गाली गरेका छैनन । अर्थात उनी फेरी सत्ताको च्याँखे दाउमा रहेका छन् ।
राजनीतिक रोटी सेक्ने क्रममा ओलीलाई गाली र देउवा र रवि लामिछानेलाई माया गरिरहेका प्रचण्ड शनिवार देउवासँगै देखिए । यसले कतिपयलाई नयाँ सत्ता समीकरणसँग जोडेर हेर्न थालेका छन् । धेरैले मान्यता राख्छन–राजनीतिभन्दा खेलकुद बढी प्रिय हुन्छ भनेर अहिले देउवा–प्रचण्डलाई बोलचालको वातावरण यही खेलकुदले गर्यो । राजनीतिक दाउपेचमा धेरैजसो एकै ठाउँ रहेका दुई शीर्ष नेताहरु एउटै लहरको सीटमा बसेर खेल हेर्दै खेलाडीलाई हौसला दिए त्यतिमात्र होइन विजेतालाई पुरस्कार पनि वितरण गरे । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रथम नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल खेलमा उनीहरूसँगै देखिएका हुन् ।
भुटानी शरणार्थी प्रकरणबाट चिसिएका देउवा प्रचण्ड अन्नतः सरकारबाट टाढा हुने अवस्था आएको थियो । बालकृष्ण खाँणको पक्राउ र हाल परराष्ट्रमन्त्री रहेकी आरजु देउवामाथि भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुपर्ने विषय उठान गराएर देउवलाई बद्नाम गर्न उद्यत रहेको आशंका गरेका देउवा एक वर्ष यता प्रचण्डसँग रिसाएका छन् । हुनतः १० वर्षे द्वन्द्वकालमा सत्तापक्ष र विद्रोही पक्षमा हुँदा देउवा र प्रचण्डले एक अर्काको टाउकाको मोल तोकेको मात्र होइन देउवा चढेको गाडीलाई एम्बुस थापेर ज्यानै लिने कोसिस गरेको इतिहास छ । देउवा प्रधानमन्त्री भएका बेला उनी नेतृत्वको सरकारले संकटकाल लगाउँदै तत्कालीन माओवादी विद्रोही नेता प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतको टाउकाको मोल तोकेको थियो । यस्तै, दाहाल अध्यक्ष रहेको तत्कालीन सशस्त्र विद्रोही माओवादीले देउवाको पनि टाउकाको मोल तोकेको थियो । यस्ता धेरै विषयहरू देउवा–प्रचण्डको जीवनमा देखिएका उत्तारचढावहरु छन् ।
शान्ति प्रक्रियामा आएपछि भने देउवा र प्रचण्डले लामो सत्ता सहयात्रा गरेका छन् । सत्ता सहयात्रामा मात्र गरेका छैनन्, कतिपय दुई दलको वैचारिक प्रकृतिअनुसार मिल्नै नसक्ने विषयमा समेत सहमति जुटाएर अघि बढेका छन् । प्रचण्डले कुनै समय भन्ने पनि गर्छन्, ‘हाम्रो मत मिल्ने गरेको छ त्यसैले सँगै हुन्छौ ।’ तर पछिल्लो समीकरणले त्यो देखाएको छैन । शनिबारको तस्वीरको बसाई पनि त्यति सहज देखिएको छैन ।
राजनीतिक विषयमा दुई नेताको मिलनका सिलसिलासँगै धोका र विछोडका घटना पनि उत्तिकै छन्। पछिल्लो समय गएको फागुन २१ मा तत्कालीन प्रधानमन्त्री रहेका दाहालले देउवा (कांग्रेस) सँगको सत्ता सहयात्रा तोडेर केपी शर्मा ओली (नेकपा एमाले) सँग जोडिन गएपछि देउवाले प्रचण्डलाई सरी भन्ने गरेका छन् । त्यसपछि भने प्रचण्डलाई कांग्रेसले ‘धोकेबाज’ को आरोप लगाउँदै आएको छ । देउवाले उनको विश्वास गर्न छाडेका छन् । अहिले उनीहरू सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा देखिएकाले परिस्थिति असहज बन्दै गएको छ । तर पछिल्लो केही दिन यता यो सरकार आफ्नै कारण ढल्छ भन्दै प्रचण्डले सरकारको आयू तोकिरहेका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो सरकारको आयू अब १७ महिना रहेको र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।
गत असार १७ को सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई छाडेर कांग्रेससँग मिलेर सरकार बनाएका छन् । असार ३० गते ओली प्रधानमन्त्री नियुक्ति यता प्रचण्ड प्रतिपक्षमा पुगेर देउवा–ओली र कांग्रेस–एमालेविरुद्ध चर्को आलोचना गर्दै निसाना साँधिरहेका छन् । तर यसमा ओलीमात्रै परेका छन् देउवालाई भने प्रचण्डले माया गरिरहेका छन् । यसरी पछिल्लो पाँच महिनायता राजनीतिक रूपमा टाढिएका देउवा र प्रचण्ड शनिबार एनपिएलको फाइनल खेल हुँदा खेल मैदानमा भने सँगै देखिए । दुवैले त्यहीँ बसेर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल पूरै समय हेरे । खेल सकिएपछि खेल विजेता एनपिएलको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीले सँगै उभिएर मेडल दिए ।
जनकपुरका कप्तानद्वय अनिलकुमार साह र आशिफ शेखलाई ट्रफी हस्तान्तरण गरे । देउवा र दाहालबाहेक एनपिएलको फाइनल खेल हुँदा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसम्मले एकै ठाउँमा बसेर खेल हेरेका थिए । मुलुकका दुई प्रधानमन्त्रीले त्रिवि मैदानमा खेल हेरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीबाट आफ्नो ध्यान त्रिवि मैदानमा रहेको बताएका थिए । उनले इटहरीबाट विजेता र उपविजेतालाई बधाई ज्ञापन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार