जिल्ला अदालत कास्कीमा रवि र छबीसहितका आरोपीविरुद्ध ४५० पेज लामो अभियोग पत्र दर्ता
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १२:५१:३०
७ पुष, पोखरा । सरकारी वकिल कार्यालयले सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका आरोपी विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको छ । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो माग दावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । मुद्दा दर्ता गर्न उनलाई अदालत लगिएको हो । यसअघि थपेको उनको म्याद पनि सकिएको थियो । उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो ।
अहिले कास्की जिल्ला अदालत परिसरमा सुरक्षाकर्मीहरु बढाइएको छ । सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ । रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार