नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका देउमान लिम्बुलाई अस्पतालले मृत घोषणा गर्यो
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १४:२९:२१
७ पुस, काठमाडौं । केएमसी अस्पतालले नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आउने क्रममा बाटोमै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुलाई मृत घोषित गरेको छ । जहाजका कर्मचारीले उनी अचेत भएको खबर आफन्तलाई दिएपछि नजिकैको केएमसी अस्पताल पुर्याएको थियो । तर, उनलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरियो ।
एयरलाइन्स कर्मचारीका अनुसार निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा उनी जहाजभित्रै अचेत भएका थिए । काठमाडौं आइ पुगेपछि लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएका थिए । जहाजभित्र अचेत अवस्थामा भेटिएका उनलाई आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएका थिए ।
जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको थियो । उनी कति बेलादेखि अचेत थिए भन्ने खुलेको छैन् । देउमानबारे नेपाल एयरलाइन्स र विमानस्थलले थप केही जानकारी दिएको छ । मृतक देउमान ५३ वर्षका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार