रवि लामिछाने दम्पतीलाई सम्पती शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख जरिवाना गर्न माग
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १५:५२:१६
७ पुस, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धान सकिएसँगै आइतबार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । जसमा रवि लामिछाने र उनकी श्रीमती निकिति पौडल पनि तानिएकी छन् । सम्पती शुद्धीकरणमा उनलाई पनि प्रतिवादी बनाइएको हो । आइतबार लामिछाने र उनकी श्रीमती निकिता पौडेलविरूद्ध मुद्दा दर्ता भएको हो ।
रविलाई सरकारी वकिलले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रतिवादी बनाएको छ । निकितालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । लामिछानेको सम्पत्ति पौडेलमा पनि गएको भन्दै जफत गर्नका लागि प्रतिवादी बनाइएको हो । सहकारी ठगीतर्फ रविको ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ ।
रविको सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो । यसका साथै लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ ।
कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा रास्वपा सभापति रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ । जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
अर्का प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएका जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लीला पछाईविरूद्ध मुद्दा दायर भएको छ । यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार