श्रीमती उपयोग गरेर पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनले सवा २ करोड गैरकानुनी लाभ लिएको दावी
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १६:३१:३४
७ पुस, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई विगोसहित प्रतिवादी बनाएको छ । उनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि विगोसहित प्रतिवादी बनाइएको छ । उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने जस्ता कार्य गरेर ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिएको अदालतमा दायर भएको मुद्दामा उल्लेख छ ।
उनकी श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ । सहकारीबाट अनैतिक लाभ लिन उनले श्रीमतलाई उपयोग गरेको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार