पोखरा र संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्त, कान्तिको अध्यक्षमा सुवेदी मनोनीत
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १७:३३:२२
७ पुष, काठमाडौं । सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयनसहित १९ वटा निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन् ।
नेकपा एमाले निकट नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । उनी पहिलो नम्बरमा सिफारिसमा परेका थिए । उपकुलपतिका लागि १५ जनाको आवेदन परेको थियो । तीमध्ये १२ जनाको आवेदन स्वीकृत भएको थियो ।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो । सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीको लागि नेपाल धितो पत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार