नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन, यो सरकार निर्वाचनसम्म रहन्छः मन्त्री गुरुङ
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १९:०:३०
७ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताए ।
“नेपाली कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ । बहुमतका लागि अरू दल खोज्न परेन । राष्ट्रिय सङ्कट समाधानका लगि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन”, मन्त्री गुरुङले भने । विभिन्न क्षेत्रमा विग्रँदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको स्पष्ट पारे ।
मन्त्री गुरुङले भने, “कांग्रेस र एमालेबीच बनेको सहमतिअनुसार २०४८ साल, २०५६ र २०६४ सालमा जस्तै दुई दलबीच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ ।”
मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरुप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले प्रसङ्ग उल्लेख गरे।
राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै उनले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाए ।
मन्त्री गुरुङले भने, “देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर सङ्कटको समाधान गर्दै आएको इतिहास छ । अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो । उद्देश्य र लक्ष्य पूरा गर्नेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार