वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १९:५८:५९
७ पुस, पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गरेको छ ।
भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व संकलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व संकलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व संकलन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार