रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार ७:३४:३२
७ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएसँगै रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ ।
अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
राष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार