निर्यातमा सुधारः एकै महिनामै २१ अर्बले बढेर ७३ अर्ब ६५ करोड पुग्यो, ६ खर्ब ६१ अर्बको आयात
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार ११:१४:१६
८ पुष, काठमाडौं । मंसिरमा आयात र निर्यातमा भएको सुधारले विगत दुई वर्षदेखि संकुचित बनेको व्यापारमा सुधार देखिएको छ । मुलुकको आयात र निर्यात व्यापारमा सुधार आउन थालेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१÷८२ को पहिलो पाँच महिनाको वैदेशिक व्यापारको तथ्यांकले देखाएको छ । जसमा आयातमा ३ प्रतिशत र निर्यातमा १६.५४ प्रतिशत वृद्धि देखिएको छ ।
आयात र निर्यात व्यापारमा भएको वृद्धिले विगत दुई वर्षमा संकुचित बनेको वस्तुको मागमा सुधार आएको र अर्थतन्त्र पुनरुत्थान हुने संकेत दिएको विश्लेषण हुन थालेको छ । चालु आर्थिक वर्षको ५ महिनाको निर्यात व्यापार १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख पुगेको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा साढे १६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ५ महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको थियो ।
निर्यात व्यापार एकै महिना २० अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको ४ महिनामा निर्यात व्यापार ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ थियो । ५ महिनामा आइपुग्दा निर्यात बढेर साढे ७३ अर्ब पुगेको छ ।
यस अवधिमा आयात व्यापार पनि बढेको छ । चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोडको वस्तु आएको थियो ।
नेपालबाट १ सय ४९ वटा बढी मुलुकमा वैदेशिक व्यापार हुन्छ । आयात र निर्यात व्यापारमा भारत नै अगाडि छ । भारतबाट ४ खर्ब १० अर्ब ५५ करोडको वस्तु आयात भएको छ । भारतमा निर्यात भने ५१ अर्ब १ करोड रुपैयाँको भएको विभागले जनाएको छ । बढी वस्तु आयात हुने देशमध्ये यस पटक पनि चीन दोस्रो नम्बरमा छ ।
मासिक आयातको तुलनात्मक तथ्यांक हेर्ने हो भने मंसिरमा पाँच महिनायताकै उच्च आयात भएको छ । विभागका अनुसार मंसिरमा मात्रै एक खर्ब ४८ अर्ब १० करोडको वस्तु आयात भएको छ । दसैँ–तिहारलाई लक्षित गरी बढी आयात हुने भदौमा पनि एक खर्ब ३४ अर्बका वस्तु मात्रै आयात भएका थिए । गत वर्षको मंसिरमा भने एक खर्ब २९ अर्ब ७० करोडको मात्रै आयात भएको थियो ।
त्यस्तै, वस्तु निर्याततर्फ चालू आवको पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाखको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा ६३ अर्ब २० करोडको निर्यात भएको थियो । मंसिरमा चालू आवका बाँकी महिनाभन्दा सर्वाधिक निर्यात भएको छ । मंसिरमा २० अर्ब ९८ करोड ९० लाखको वस्तु निर्यात भएको छ । गत वर्षको मंसिरमा यस्तो निर्यात १२ अर्ब ६४ करोड २० लाख थियो ।
बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमै सकस व्यहोर्दै आए पनि रेमिट्यान्स वृद्धिले लगानीयोग्य पुँजीमा सहजता ल्याएको छ । केन्द्रीय बैंकका अनुसार चालू आवको चार महिनामा रेमिट्यान्स पाँच खर्ब २१ अर्ब पुगिसकेको छ । गत आवको सोही अवधिभन्दा २२.५ प्रतिशतले वृद्धि हो । वैदेशिक व्यापारमा भइरहेको वृद्धिमा अमेरिकी डलरमा भइरहेको मूल्यवृद्धिले बढी योगदान पुर्याएको हो । वैदेशिक व्यापारको अधिकांश कारोबार अमेरिकी डलरमा हुने भएकाले यसको मूल्यले ठुलो प्रभाव पार्ने गरेको छ ।
आयात–निर्यात वृद्धिमा भटमास, सूर्यमुखी र पाम तेलजस्ता खानेतेलको बढी योगदान देखिन्छ । गत आवको पाँच महिनामा ५३ करोड ४३ लाखको खानेतेल निर्यात भएको थियो । चालू आवको पाँच महिनामा भने ११ अर्ब ३५ करोड ३५ लाखबराबर खानेतेल निर्यात भएको छ । कुल निर्यातमा खानेतेलको हिस्सा १५.४१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो हिस्सा ०.८५ प्रतिशत मात्रै थियो । नेपालमा व्यावसायिक खेती नहुने भएकाले निर्यातकर्ताले कच्चा तेलको आयात गरी त्यसलाई प्रशोधन गरेर निर्यात गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार