सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार १५:६:३३
८ पुष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सुदूपश्चिमको भेटघाट सकेर काठामाडौं फर्किएका छन् । उनको यो सुदूरपश्चिम भ्रमण र भेटघाटले कांग्रेसमा एउटा तरंग ल्याएको छ । कांग्रेसभित्रको गुटगत राजनीति र त्यसमा पनि सभापति शेरबहादुर देउवाको पकड क्षेत्र सुदूरपश्चिम । संस्थापन पक्षको पकड क्षेत्रमा विपक्षी गुटको नेताप्रति देखिएको माहोल आफैमा चर्चा योग्य छ ।
कांग्रेसको आगामी राजनीतिमा अर्थपूर्ण सन्देश दिनेगरी कोइराला सुदूरबाट फर्किएका छन् । कांग्रेसका मध्यमार्गी नेता भन्छन, झट्ट हेर्दा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेको नेता पार्टीका नेता र कार्यकर्ता भेट गर्ने कार्यक्रम बनाएर त्यस क्षेत्रको भ्रमणमा जानु स्वभाविक हो । पार्टीमा गुट हुन्छ र फरक गुटले त्यो भेटघाटलाई असफल बनाउने प्रयास हुन पनि सामान्य कुरा नै हुन् । तर, कोइरालाको यो भ्रमण यतिमा सिमित रहेन । सुदूरपश्चिमका नेता कार्यकर्ताले पनि अहिलेका पार्टी सभापति शेरबहादुर देउवाभन्दा पछाडीको हाम्रो नेता को ? भन्ने हिसावले लिए । त्यो माहोलले देउवापछिको पार्टी सभापति कोइराला नै हो भन्ने कुरा स्थापित गर्न खोजेको देखियो ।
योसँगै आफ्नो गुटको पकड भएको क्षेत्रमा विपक्षी गुटको नेतृत्व गरिरहेका नेता कोइराला जाने कुरामा सभापति देउवाले देखाएको मौनता अझ महत्वपूर्ण भएको दावी नेताहरुको छ । यसअघि विपक्षी गुटको नेता कुनै कार्यक्रम लिएर गएका बेला आफ्ना गुटका नेता र कार्यर्तालाई जान निशेष गरिएको आवस्था कांग्रेसमा थियो । यो भन्दा अगाडिको एउटा भ्रमणमा कोइराला आफैले पनि त्यो अवस्थाको सामान गरेका थिए । त्यही डर बोकेर सुदूरपश्चिम गएका कोइरालाले अनुमानभन्दा बढी समर्थन पाए । अब कांग्रेसको नेतृत्व लिनुपर्छ र पार्टीलाई एक बनाउनुपर्छ भन्न आँट कोइरालामा बढायो ।
कार्यक्रममा असहयोग हुने वातावरण बनाउन संस्थापन पक्षबाट कुनै भूमिका खेलेको नदेखिनुले पनि कोइरालालाई ठूलै बल पुगेको देखिन्छ । कोइराला सुदूरपश्चिम पुग्दा सुदूरका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं आए । गृहमन्त्रीसमेत रहेका रमेश लेखकलाई सभापति शेरबहादुर देउवाले कुनै संकेत नै दिएनन् । कोइराला पक्षले सुदूरपश्चिम पुगेपछि पार्टी केन्द्रबाट फोन आउने होकि भन्ने आशंका गरेको थियो । तर, अवस्था आएन । स्थानीय एक पत्रकार भन्छन, ‘केहि बाहेक खुलेर भेट्न नमिल्ने नेताहरुले लुकेरै भएपनि कोइरालालाई साथ दिए ।’
कांग्रेसका एक पुराना नेताको अनुभवमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका एक एक वटा सुदूरपश्चिम भ्रमण सम्झन लायक थिए । त्यसपछि शेखरको भ्रमण पनि अर्थपूर्ण भयो । यी दुई किस्सासँग तुलना गर्दा शेखरको भ्रमणलाई महत्वपूर्ण मान्नुपर्ने तर्क उनको छ । पार्टी विभाजनपछि गिरिजाप्रासद कोइरालाको सुदूरपश्चिम जाने कुरामा निकै कष्ठपूर्ण अवस्था सिर्जना हुन सक्ने थियो । तर, त्यो बेला देउवाले नै फोन गरेर आफूपक्षका नेताहरुलाई अनिर्वाय कोइरालाको कार्यक्रममा जानु र सहयोग गर्नु भनेका थिए । पछि पार्टी एकीकरण भएर देउवा सुदूरपश्चिम जाने समयमा पनि यस्तै संकट आयो ।
उनी भन्छन, ‘पार्टी फुटाएको भनेर देउवालाई सुदूरपश्चिम छिर्न नदिने भनिएको थियो । त्यो बेला ३६ से र ७४ रे भनेर चिन्ने गरिएको थियो । तर, गिरिजाले देउवालाई पार्टी सभापति सरह सम्मान र सहयोग गर्नु भन्ने उर्दी दिए । गिरिजाका अगाडी कोही बोलन सकेन् र देउवा सूदूर पुग्दा भब्य सम्मान भयो । त्यति बेला ३६ से र ७४ रे देखिएनन् । देउवा फर्किएपछि फेरी त्यो अवस्था आएन । कोइराला र देउवा जाँदा नेताहरुले ठूलो भेदभाव गरेनन् ।’ सभापति देउवा शेखरको सुदूर भ्रमणामा मौन बसे ।
सभापति देउवा मौन बस्नु भनेको अबको कांग्रेसको सभापति शेखर कोइराला हो भन्ने कुरालाई बल पुर्याएको छ । सुदूरका धेरै नेता र कार्यकताले पनि देउवाको मौनालाई यही अर्थमा बुझेको देखियो । स्थानीय एक पत्रकारको भनाइमा शुक्रबार मध्याह्न शेखर ओर्लिदा धनगढी विमानस्थलको माहौल सभापति देउवा धनगढी पुग्दाका जस्तै देखियो । देउवाको गृहप्रदेशमा सशंकित रहेका कोइरालाको स्वागतका लागि सुदूरपश्चिमका ९ जिल्लाका कांग्रेस नेताको उपस्थिति देखियो । शेखरको स्वागतका लागि कर्ण मल्ल पक्षका नेता र समर्थकसमेत विमानस्थल पुगेका थिए ।
सुदूरमा कोइरालाले अबको कांग्रेस बलियो र गतिशील बनाउन, पार्टीभित्र एकता र सहकार्य बढाउन आफू नेतृत्व लिने तयारीमा रहेको जानकारी दिए । त्यहाँ उनले पार्टी सभापति देउवा आफ्नो पनि आदरणीय नेता भएको भन्दै सभापतिको सहयोगमा चुनाव लड्ने र जित्ने दाबी पनि गरे । यो भनाइले संस्थापन पक्षका नेताहरुको मन पगाल्ने काम पनि गर्यो । कांग्रेस विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था छ । यसै पनि सभापति देउवाले आगामी महाधिवेशनदेखि कार्यकारिणी भूमिकामा नरहने बताइसकेका छन् । यसले पनि कांग्रेसभित्र कोइरालाका पक्षमा माहोल बनाएको छ । देउवाको कोइरालाप्रति नै झुकाव हो जस्तो पनि देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार