पत्नी सहकारीमा जोडिएपछि राजीनामाको दवावमा परे लेखा समिति सभापति ऋषिकेश पाखेरेल
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार १५:४१:३७
८ पुष, काठमाडौं । सहकारी प्रकरणले गर्दा लेखा समिति सभापति ऋषिकेश पोखरेलमाथि पद छोड्न दवाव बढेको छ । प्रतिपक्षी दलले मात्र नभई उनकै पार्टीका सांसदले पनि उनलाई पदबाट राजीनामा दिनुपर्ने आवाज उठाउन थालेका छन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापतिले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार बसेको समितिको बैठकमा उनले सभापति ऋषिकेश पोखरेलले जवाफ दिनुपर्ने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रले पनि लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार समिति बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे । सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो । बैठकमा मोदीले भने,‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ ।’
सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ । लेखा समितिको बैठक धेरै समय पछि बसेको हो । चेक एण्ड ब्यालेन्सको कुरा गर्दा लेखा समितिले हेर्छ । तर, तपाईंको पार्टी सरकारमा छ । लेखा समिति सरकारको छाया बन्ने हो । सारमा यसको बारेमा पुनःबिचार गर्दा राम्रो,उनले भने ।
एमालेका सांसद भट्टराईले सभापतिको श्रीमती जोडिए किन सभापतिलाई पनि जोड्ने भन्दै प्रश्न पनि गरेका छन् । सभापतिको श्रीमती सहकारीमा जोडिएको भन्दै उनले पोखरेललाई जोड्न आवश्यक नरहेको बताए । भट्टराईले एमालेका इमान्दार सदस्यले बाहिर चिच्याउनु कराउनु भन्दा पनि अदालत जानेमा विश्वास व्यक्त गरे ।
यता, समितिका सभापति पोखरेलले भने आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् । सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार