जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार १५:५३:२९
८ पुस, जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
दक्षिणमा सिरियासँग सीमा जोडिएको जोर्डनले यसै महिनाको सुरुमा एक शिखर सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अरब, टर्कीए, ईयू र अमेरिकी कूटनीतिज्ञहरूले वर्षौंको गृहयुद्धपछि समावेशी र शान्तिपूर्ण संक्रमणका लागि आह्वान गरेका थिए।
गत डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गर्ने आक्रमणको नेतृत्व गरेको इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) का शराले हालैका दिनमा मध्यपूर्व र त्यसभन्दा बाहिरका विभिन्न देशका वरिष्ठ अधिकारीलाई भेट गरी आफ्नो आगामी नीतिका विषयमा स्पष्ट पार्दै सहयोगका लागि अपिल गरेको छ । जोर्डनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साफादीले सोमबार नयाँ सिरियाली नेताका साथै अन्य सिरियाली अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।
असदको पतनपछि जोर्डनका वरिष्ठ अधिकारीको यो पहिलो सिरिया भ्रमण हो । सरकारका प्रवक्ता मोहम्मद मोमानीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै जोर्डनले ‘सिरियाली जनताको इच्छाको पक्ष लिएको’ बताएको छ ।
मोमानीले सिरियामा सुरक्षा र स्थिरता बहाल भएको हेर्न चाहेको र आफ्नो भूभागको एकतालाई समर्थन गरेको बताए । युद्धग्रस्त सिरियामा स्थिरता जोर्डनको हितमा रहेको र यसले आफ्नो सीमामा सुरक्षा सुनिश्चित गर्ने मोमानीले बताए ।
सन् २०११ देखि युद्धबाट भागेर जोर्डनमा शरण लिएका केही सिरियाली नागरिक स्वदेश फर्कन थालेको जोर्डनका अधिकारीहरूले बताएका छन् ।
सिरियाको गृह मन्त्रालयले बिहीबार १३ लाख शरणार्थीमध्ये सात हजारभन्दा बढी सिरियाली नागरिक त्यहाँबाट बाहिरिएको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार जोर्डनमा छ लाख ८० हजार सिरियाली शरणार्थी दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार