धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार १८:२२:२९
८ पुस, सुनसरी । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ धरानमा ११ दिने सङ्गीत जात्रा महोत्सव सुरु भएको छ । मौलिक तथा जातीय भेषभुषा, सांस्कृतिक प्रदर्शनी, अर्गानिक खाद्यान्नलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आइतबारबाट धरान उपमहानगरपालिका–१५ बगरकोटमा सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ ।
महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश ईवारमले बताए। महोत्सवको पहिलो दिन किरातीहरुको साकेला सिली र लिम्बुहरुको च्याब्रुङ प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवको आयोजक नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान–१५ रहेको छ भने सह आयोजक त्रिवेणी महिला समूह रहेको छ । महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले जानकारी दिए ।
महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रक हेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार