सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै

नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार २०:४७:५९

८ पुस, गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ ।
प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले बताए । “आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ”, सूचना अधिकारी अधिकारीले भने, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।”
यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताए ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
सुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
जलस्रोत विधेयक २०८१ : ५४ वटा दफामध्ये १७ को उपदफा १ र २ मा कुरा मिलेन, अरु सबै पारित
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
जलस्रोत विधेयक २०८१ : ५४ वटा दफामध्ये १७ को उपदफा १ र २ मा कुरा मिलेन, अरु सबै पारित
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार