प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार ६:११:१३
९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री भएपछि भरपुर सम्मान पाएकी डा. आरजु राणा देउवा अहिले भने रित्तो हात फर्केकी छिन् । चीनमा बीआरआई सम्झौता पत्रको साक्षी बसेकी राणालाई यसपटक रित्तो हात फर्काएको छ । भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमण गराउने उद्देश्यसहित परराष्ट्र मन्त्री राणाले गरेको ५ दिने दिल्ली यात्रा ‘उपलब्धि शून्य’ बनेको छ ।
युरोपबाट पुस ४ गते भारतको राजधानी नयाँ दिल्ली पुगेकी राणा पुस ८ गते स्वदेश फर्किन । प्रधानमन्त्रीको भारत भ्रमणका लागि नेपालका तर्फबाट अनौपचारिक मिति समेत प्रस्ताव गरिसकिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत जनवरी ९ को मिति प्रस्ताव गरिसकेकाले परराष्ट्रमन्त्री आरजु देउवा अनौपचारिक कूटनीतिक भेटमा व्यस्त थिइन ।
तर त्यहाँ कुनै पनि प्रकारको कुटनीतिक तवरको भेटघाट हुन सकेन । अन्नतः काठमाडौ विश्वविद्यालयले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गरेर केही समय स्वास्थ्य उपचारको नाममा दिल्ली बसेकी थिइन । प्रधानमन्त्री ओलीको भारत भ्रमण जनवरी ९ बाट टाढा भएको छ ।
स्वास्थ्य उपचारकै क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएकी थिइन । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय (क्लाइमेट जस्टिस) माग्न उनी मंसिर २४ मा त्यसतर्फ गएकी थिइन् । उनी बेल्जियम र जर्मनीमा पनि द्विपक्षीय भेटघाट र कार्यक्रममा सहभागी भएकी थिइन्। त्यतैबाट नयाँ दिल्ली पुगेकी उनले शुक्रबार इन्डो नेपाल आर्थिक सम्मेलनलाई भने सम्बोधन गरेकी थिइन् ।
परराष्ट्रमन्त्री आरजु दिल्लीमा रहेका बेला अर्को संयोग पनि रहेको एमाले उपमहासचिव प्रदीप ज्ञावाली पनि दिल्लीमै पुगेका थिए । आरजु एक्लैले भेटघाटको चाजोपाजो मिलाउन नसक्ने प्रधानमन्त्रीको भ्रमणको मिति तय गर्न नसक्ने भएपछि ज्ञावाली त्यहाँ पुगेको स्रोतको दावी छ ।
तर ज्ञावालीले कुनै एक कुटनीतिक मामिलाका जानकारहरुलाई भेटघाट गरेको औपचारिक अनौपचारिक पुष्टि भएको छैन । उनी पनि आरजुसँगै स्वदेश फर्केका छन् । नाकाबन्दीको बेला पनि ज्ञावाली ओलीको दूत भएर भारत गएका थिए । अहिले पनि ज्ञावालीको दिल्ली बसाईलाई ओलीको दूतका रुपमा बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार