पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार ७:२१:१९
९ पुस, ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए ।
उनले भने, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।” यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन्दा, आगन्तुकको सल्लाह र सुझावका आधारमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।
पाथीभरा क्षेत्र विकास समितिले पुराना र पुरातात्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने जनाएको छ । यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पिँढीलाई पाथीभरा र यहाँका पुरातात्विक वस्तुको महत्व बुझाउन मद्दत पुग्ने समितिको विश्वास छ ।
घण्टीको प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउनुका साथै धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने विश्वास लिइएको कार्यकारी निर्देशक हाङबाङले बताए । उनका अनुसार हाल पाथीभरामा करिब ५० क्विन्टलभन्दा बढी घण्टी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङ सहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार