बाबु र भाइको हत्या आफूले नै गरेको भन्दै मिलनले गरे आत्मसमर्पण, घटना सार्वजनिक गर्दै प्रहरी
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १३:२:२
९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले उनका जेठा छोरालाई नियन्त्रणमा लिएको छ । उनले नै हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुवा र भाइको हत्या आफूले गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्य प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए । यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।
मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए । कुल प्रसादको टाउको पछाडि र कानमा चोट देखिएको छ । प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भाइ र बुवालाई आफूले नै हत्या गरेको दावी गरेका छन् ।
भक्तपुरमा छोरासहित मृत फेला परेका कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङको निमित्त कार्यालय प्रमुख थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित छोराहरु बसेको भाडाको घरमा विदा मनाउन आएका थिए ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेका थिए । जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शंकास्पद बनेको प्रहरीले बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार