‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १३:१४:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/sanrkitik-sansthan_diggaj-srasta-samarpan_sagar_SGR_0359_9jafkgQB57_xbvkusf4Fb.jpg)
९ पुस, काठमाडौं । सांस्कृतिक संस्थानको आयोजनामा ‘सम्झनामा दिग्गज स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न भएको छ । सिर्जनशील कलामार्फत नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा जीवन समर्पण गर्नुभएका दिवङ्गत राष्ट्रिय कलाकारहरुको सम्झनामा सोमबार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न नौ स्रष्टाको स्मरणमा संस्थानका कर्मचारीले सम्मानार्थ गीत प्रस्तुत गरेका थिए ।
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले दिग्गज र पुराना स्रष्टालाई स्मरण गरिनु सुखद भएको बताए । उनले भने, “यस किसिमको कार्यक्रम पहिले हुनुपर्थ्यो, ढिला भए पनि राम्रो कुराको सुरुआत भएको छ । संस्कृतिकर्मी र कलाकारलाई यस संस्थानले स्मरण गर्नुपर्छ । यसले स्रष्टालाई सम्मान दिनुका साथै नयाँ पुस्तासम्म पु(याएको छ । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।”
उक्त कार्यक्रममा गायक जनार्दन सम र गायिका कोइलीदेवीले गाएको गीत ‘गर्छिन् पुकार आमा’ लाई सामूहिक गायनमार्फत प्रस्तुत गर्दै सुरू गरिएको कार्यक्रममा गायक सेतुराम श्रेष्ठले गाएको ‘राजमती कुमती’लाई गायक दीपेन्द्र श्रेष्ठ, मेलवादेवीले गाएको गीत ‘सवारी मेरो रेलैमा’लाई राधिका भण्डारी, गायक हरिप्रसाद रिमालको स्वरबद्ध गीत ‘फगत एक नजर’ लाई शिला विष्ट, गायक वटुककृष्ण ज्वाला (सिलवाल) ले स्वर दिनुभएको ‘ए दूरका सितारा’ लाई विपीन घिमिरेले प्रस्तुत गरेको थियो ।
त्यसैगरी गायक चन्द्रराज शर्माको स्वर रहेको ‘च्वाट्टै चुँडी’ लाई गायक तीर्थराज पोखरेल, गायक पुष्प नेपाली र गायिका तारादेवीले गाएको ‘बिदा हुने भैगो बेला’लाई गायक दीपेन्द्र बज्राचार्य र गायिका राधिका भण्डारीले प्रस्तुत गरिन् ।
नेपाली संस्कृति र कलालाई प्रवर्द्धनमा संस्थानले विशेष जोड दिएको महाप्रबन्धक किरणबाबु पुनले बताए । उनले भने, “संस्कृतिलाई नेपाल आमाको रुपमा बुझ्छु । त्यसैले संस्कृतिसँग नेपालको अस्तित्व जोडिएको छ । सोही कारण हामीले पुराना र अग्रज स्रष्टालाई स्मरण गर्दै यस्ता कार्यक्रम गरेका हौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिम्पोङ र फिदिम पछि सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य
फागुन १, २०८१ बिहिबार
अष्ट्रेलियाको सात शहरमा नेपथ्य
माघ ३०, २०८१ बुधबार
बालेनले गाएको ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङमा
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन