चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १३:२०:३८
♦ सञ्जय मिश्रा
९ पुस, रौतहट। रौतहट स्थित चोरीको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का नेमी चौधरीको छोरा वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
चन्द्रपुर ९ सिंधुरेघारी स्थित स्थानीय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आँगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो।
पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुर बाट गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा गत ५ गते वडा १० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाइकल बरामद गरेको डीएसपी राजकुमार राईले बताएका छन्।
मोटरसाइकल सँगै आरोपी आयुष चौधरीलाई पक्राउ गरी म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले मोटरसाइकल चोरीको घटना र लागूऔषध कारोबार नियन्त्रणमा तीब्रता दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार