१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १५:३६:२०
९ पुस, काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ४३ करोडको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१२ वटा धितोपत्रको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको हो । आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको १०, जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । तिबाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार