बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १५:४९:४४
९ पुस, तम्घास 'गुल्मी' । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको व्यवसायबाट लोभिइन् । अहिले उनका छोरा पनि स्वदेशमा आमासँगै बाख्रापालन गरिरहेका छन् ।
विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालनमा लागेकी नेपालीले पछिल्लो समय बाख्राको सङ्ख्यामा वृद्धि गरेका छिन् । “घरखर्च चलाउन निकै सहज हुने रहेछ”, उनले भनिन्। बाख्राबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी हुने उनको भनाइ छ । बाख्रापालनबाट नियमित आम्दानी हुन थालेपछि दैनिक काममा निकै सहजता आएको सुकमाया बताउछिन् ।
सोही ठाउँकै २८ वर्षीया खुमा पुनले पनि १४ बोका, १८ माउ र अन्य पाठापाठी गरी ४८ बाख्रा पालेकी छिन् । उनलाई बाखापालनमा श्रीमान् र सासूआमाको साथ छ । “पहिले–पहिले यो पेसाप्रति खासै विश्वास लाग्ने थिएन”, उनले भनिन्, “अहिले आम्दानी वृद्धि हुँदै गएपछि पेसाप्रति आत्मविश्वास बढेको छ ।”
आफ्नो नियमित आम्दानीको स्रोत भएपछि गाउँमा ऋण लिन एवं घर व्यवहार चलाउन सहज हुने पुनको अनुभव छ । “पहिले–पहिले कसैसँग पैसा सापटी माग्दा पनि नपाउने स्थिति थियो, अहिले धेरैथोरै कारोबारमा समस्या छैन”, उनले भनिन् । उनले बाख्राका लागि आवश्यक उन्नत जातको घाँस पनि लगाएकी छन् ।
सोही ठाउँकै शिला नेपालीले पनि आइतबार बाख्राको पाठी उपहार पाइन् । रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित रुरु कृषि परियोजनामार्फत गठन भएको मूल समूहबाट पाठी प्राप्त गरेकी उनले बाख्रापालन व्यवसायलाई वृद्धि गर्दै लैजाने बताइन् । रुरुक्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नवप्रभात युवा सङ्घको सहजीकरणमा रुरुक्षेत्रभर ‘रुरु कृषि परियोजना’ सञ्चालनमा छ । त्यसमा पहिलो चरणको कार्यक्रम मूल समूह र दोस्रो चरणको कार्यक्रम उपहार समूह हो ।
“समूहमा आबद्ध हुन पाउँदा धेरै खुसी छु, यसले आयआर्जनका साथै नेतृत्व विकासका कार्यक्रमसमेत सञ्चालन गर्छ”, नेपालीले भनिन्, “व्यावसायिक बाख्रापालन गरी आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको छ ।” रुरु कृषि परियोजनाबाट घाँसको बीउ प्राप्त गर्नाका साथै बाख्रालाई दाना बनाउनेलगायतका सीप सिकेको उनको भनाइ छ ।
वार्षिक चार करोडका खसीबोका निर्यात
रुरुक्षेत्रभर सञ्चालन भएको परियोजनाबाट ७७ समूहमा दुई हजार चार सयभन्दा बढी महिला आबद्ध छन् । परियोजनाले खासगरी उन्नत नस्लका बाख्रा वितरण, तरकारी, उखु, फलफूल र दुग्ध उत्पादनमा काम गर्दै आएको परियोजना संयोजक प्रकाश चालिसेले बताए ।
परियोजनाले पहिलो चरणमा मुल समूहमा आबद्ध महिलाहरुलाई पाँच सय ८५ बाख्रा वितरण गरेको थियो । गत वर्षको चैतबाट सुरु भएको परियोजनाको अवधि २६ महिनाको रहेको छ । अहिले गाउँपालिकाभरी कुल आठ हजार माउ बाख्रा र दुई हजार पाँच सय ठूला खसीबोका रहेको चालिसेको भनाइ छ । विगत एक वर्षमा गाउँपालिकाबाट रु चार करोड बराबरका खसीबोका गाउँपालिकाभन्दा बाहिर निर्यात भएका छन् । समग्रमा रुरुक्षेत्रमा व्यावसायिक बाख्रापालनबाट महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि, पशुपालन र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य रहेकोले परियोजना सञ्चालन गरेको बताए । “मासुको मूल्य र बजारीकरणको समस्या छैन”, अध्यक्ष ज्ञवालीले भने, “बाख्रापालनमार्फत महिलाहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य लिएका छौँ ।” अध्यक्ष ज्ञवालीले आर्थिक रुपमा सम्पन्न भएमा अधिकांश समस्या समाधान हुने भएकाले महिलालाई बाख्रापालनमा सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
गहुँखेती गर्न रासायनिक मल अभाव
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार