धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १७:३८:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-sharma-oli_ib8nyIGotJ_P0ffBJ1iZH-1729937216_UK0pMxnDJ8_RTPlr0USEs.jpg)
९ पुष, काठमाडौं । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेपछि नयाँ लाइसेन्स लिने तयारीमा रहेकाहरुको चलखेल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ लाइसेन्स दिने कुरामा चासो देखाएका छन् । लाइसेन्स नेपाल धितोपत्र बोर्डले दिने भएपनि प्रधानमन्त्रीको रुचीले यसमा काम गर्छ । धितोपत्र बोर्डबाट रमेश हमाल बाहिरिएसँगै ओलीले बोर्ड अध्यक्षमा निकै चासो देखाएका थिए ।
लाइसेन्स प्रक्रिया विवादका कारण लामो समयसम्म स्थगित भएको थियो । निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया सरकारले चासो देखाएपछि लाइनमा रहेकालाई लाइसेन्स दिलाउन विचौलियाहरु सक्रिय भएका छन् । प्रधानमन्त्रीले रुचाएका व्यक्ति नेपाल धितोपत्र बोर्डमा अध्यक्ष छन् । यस कारण प्रधानमन्त्री ओलीले चाहेकैले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउने चर्चा बजारमा सुरु भएको छ । धितोपत्रको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त गर्न ओलीले प्रधानमन्त्री नहुँदैदेखि प्रयास गरेका थिए । प्रधानमन्त्री भएपछि उनले श्रेष्ठलाई अध्यक्ष बनाइछाडे ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्नेसम्बन्धमा यसअघि गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय गरेको थियो । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियक्तिसँगै नयाँ एक्सचेन्जको लाइसेन्सको प्रक्रिया अगाडि बढाउनुलाई अर्थपूर्ण रूपमा पनि हेरिएको छ । सर्वोच्चले लाइसेन्स दिनको लागि बाटो खोलेपछि लाइसेन्सको लागि प्रस्ताव लिने काम अगाडि बढेर पनि रोकिएको थियो । यसअघिदेखि नै हिमालय स्टक एक्सचेञ्जमा हिमालय रि–इन्स्योरेन्सका लगानीकर्ता लविङमा थिए ।
व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप, मुरारका ग्रुप तथा विभिन्न कम्पनीका एजेन्टको रुपमा चिनिएका दिपक भट्टको लगानी हिमालयन स्टक एक्सचेञ्जमा छ । यस्तै नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली (एनआरएनएन) व्यवसायीहरु जीवा लामिछाने, कुमार पन्त, केडिया ग्रुप तथा विभिन्न कम्पनीको एजेन्टको काम गर्ने दिपकप्रसाद तिमिल्सिनाको लगानी छ । अर्को अन्नपूर्ण एक्सचेञ्जमा अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापासहितका लगानीकर्ता छन् । यी तीन समूह स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स लिन प्रयासरत छन् । अन्नपूर्ण एक्सचेन्जका रामेश्वर थापा र प्रधानमन्त्री ओलीको सम्बन्ध पनि नजिक छ ।
विगतमा दुईपटक बोर्डले लाइसेन्स दिने तयारी गरे पनि राजनीतिक कारणबाट रोकिएको थियो । धितोपत्र बोर्डको अधिकार क्षेत्रभित्र लाइसेन्स दिन सक्ने भए पनि राजनीतिक नेतृत्व सहमत नभएसम्म लाइसेन्स दिने अवस्था थिएन र छैन् पनि । अहिले धितोपत्र बोर्डमा दर्ता भएका हिमालयन र नेशनल स्टक एक्सचेञ्ज नाममा आवेदन १० वर्ष अगाडि नै परेको थियो । यसअघि प्रचण्ड सरकारको समयमा निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै चर्को विरोध भएको थियो । यसपछि २०८० वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रक्रिया रोक्न निर्देशन दिएका थिए । निजी लगानीको स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण गर्दा आर्थिक चलखेल भएको कुरा संसदमा पनि उठेको थियो ।
अहिले पनि धितोपत्र बोर्डलाई बिचौलियाको सेटिङमा लाइसेन्स दिने प्रक्रिया अघि बढाएको कुरामा चर्चा हुन थालेको छ । निजी स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेश हमालले नीतिगत व्यवस्था गरेर अनुमतिपत्र वितरण प्रक्रिया अघि बढाएका थिए । यद्यपि नयाँ लाइसेन्स वितरणका लागि प्रक्रिया शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएकै बेला सुरु भएको थियो । लाइसेन्स वितरण प्रक्रियामा संस्थागत रूपमै भ्रष्टाचार भएको दाबी गर्दै सांसदहरूले त्यसलाई रोक्न माग गर्दै आएका थिए ।
अहिलेको नेप्सेलाई थप बलियो र प्रतिस्पर्धी बनाउनका लागि पनि अर्को एक्सचेन्ज आवश्यक भएको भन्दै नयाँका लागि गरिएको नीतिगत व्यवस्थामाथि पनि प्रश्न उठेको छ । अहिले प्राइभेट लिमिटेड कम्पनीले पनि एक्सचेन्ज कम्पनीमा लगानी गर्न पाउने व्यवस्था ठिक नभएको भन्दै स्टक एक्सचेन्जमा पब्लिक लिमिटेड कम्पनीले मात्र लगानी गर्न पाउने व्यवस्था गरेर पारदर्शी प्रक्रियामार्फत नयाँ एक्सचेन्जको लाइसेन्स दिनुपर्ने अवाज पनि उठेको छ ।
यतिबेला प्रधानमन्त्री ओलीले धितापत्र बजारप्रति भन्दा पनि त्यसको नेतृत्व र आर्थिक क्रियाकलापप्रति धेरै ध्यान दिएको शेयरबजारका लगानीकर्ताहरु बताउँछन । ओलीले रुचाएको व्यक्ति धितोपत्र बोर्डमा आएकाले ओलीलाई रुझाउन सक्नेले मात्र लाइसेन्स पाउने उनीहरुको तर्क छ । लाइसेन्स लिने तयारीमा रहेका व्यवसायिक घरानाका व्यक्तिहरुको पनि ओलीसँग उठबस छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आवश्यकताका हिसावले भन्दा पनि आर्थिक चलखेलका हिसाव वितरण हुने लगानीकर्ताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार