संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १८:३०:४४
९ पुस, ललितपुर । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
संघीय संसद् सचिवालय र गैरसरकारी संस्था फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा ‘सङ्घीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा आज यहाँ आयोजित छलफलमा उनले संघीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले भने, “राष्ट्रियसभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।”उनले जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद् र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र संघीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक छ भनिन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताइन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता वेदुराम भुसालले राष्ट्रियसभाले सङ्घीयता सबलीकरणका लागि विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताए । सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले संघीयता कार्यान्वयनसम्बन्धी संस्थाका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले जनप्रतिनिधिको पनि प्रतिनिधिमूलक थलोका रुपमा रहेको राष्ट्रियसभा र प्रदेशसभा संघीयताको मेरुदण्ड हो भने । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुनै पनि शासन प्रणाली आफैंमा असल वा खराब नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैलीमा त्यो निर्भर रहने बताए । राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले संविधानको मर्मअनुरुप सम्बद्ध सबैले काम गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
संविधान संशोधन गर्न संयुक्त कार्यदल बन्दैछः गृहमन्त्री
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार