फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १८:५०:३७
९ पुस, पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौं फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौं र १५ औं मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३ औं, मनिष डाँगीले ५६ औं, सञ्जय श्रेष्ठले ६२ औं र सौरभ सुब्बाले ८५ औं मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३ औं र सन्दीप श्रेष्ठले ६७ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबार तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र विराटनगर सीटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए । यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रू १० लाख तथा उपविजेताले रू पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक विदा
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार