स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन

नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार २०:४६:५०

९ पुस, काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन कार्यविधिका लागि ‘जेनेरिक’ औषधि सुझाव समिति गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल संयोजक रहने पाँच सदस्यीय समिति समिति गठन गरिएको हो । समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा डा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा गुणस्तरमापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई तोकिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न र अन्य अस्पतालमा जेनेरिक औषधिको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत समितिलाई अख्तियारी दिइएको छ ।
समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझावसमेत दिनेछ । सोही सिफारिस तथा सुझावका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिए। हाल चिकित्सकले औषधिको ‘ब्राण्ड’ नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ । जेनेरिक औषधि सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन ८, २०८१ बिहिबार
भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा प्रकृतिको अन्त्येष्टि
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
जलस्रोत विधेयक २०८१ : ५४ वटा दफामध्ये १७ को उपदफा १ र २ मा कुरा मिलेन, अरु सबै पारित
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
जलस्रोत विधेयक २०८१ : ५४ वटा दफामध्ये १७ को उपदफा १ र २ मा कुरा मिलेन, अरु सबै पारित
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार