सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार २१:४७:३
९ पुस, काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि दोस्रो पटक आन्तरिक छानबिन सुरु भएको छ । उनलाई सशस्त्र प्रहरी मुख्यालय बोलाएर मंगलबारबाट दोस्रो पटक छानबिन शुरु गरिएको हो । यसमा बराह बाहिनीका डीआईजीलाई भने चोख्याउन खोजिएको छ । मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा गएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लाग्दै आएको छ ।‘सीमा क्षेत्रमा तस्करीको लाइन खुलाइएको देखियो यो सह्य छैन’, सशस्त्र प्रहरी मुख्यालयका एक अधिकृतले भने ।
बराह बाहिनीका डीआईजी शम्भू सुवेदीकै निर्देशनमा लाइन खुलाइएको भन्दै एसपी खड्काले आफूनिकट सहकर्मीलाई बताउने गरेका भएपनि डीआईजी भने जोगिएको चर्चा मोरङमा चलेको छ । मोरङमा तीन दर्जन सीमा नाका छन् । जसमध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर अवैध असुली गरेको उनीमाथि आरोप छ । विराटनगरका व्यापारी विनोद केशरीलाई लाइन चलाउन दिएको मुख्यालयको आरोप छ । एसपी खड्काको बारेमा अहिले मुख्यालयमा एक दर्जन उजुरी परेको स्रोतको दावी छ । आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौँ तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।
यसअघि खड्कामाथि लागेको आरोपको छानबिन एवं अनुसन्धान गर्न डीआईजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको थियो । समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य थिए । गठित समितिका सदस्य एसपी रेग्मी मोरङ पुगेर घटनाको अनुसन्धान सुरु गरेका थिए । त्यतिबेला उनलाई चेतावनीसहित छाडिएको थियो । ‘यो दोस्रो पटक हो अब उनी कमाण्डमा फिर्ता हुने संभावना निकै कमजोर छ’, स्रोतले भन्यो ।
सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चिनियाँ स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको आरोप छ । भारतबाट धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपुर्जा, हार्डवेयरका सामानलगायत भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ । सशस्त्र प्रहरीले एसपीहरूलाई पठाउँदा नै राजश्व चुहावट र सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्ने प्रमुख दायित्व दिएर पठाउँछ । आईजीपी अर्यालले गल्ती भेटिएमा कसैलाई पनि नछाड्ने बताइरहँदा अहिलेसम्म समय अवधि नपुगी किसान कर्माचार्य, दर्शन गिरीलगायतका एसपीहरू कारवाही स्वरूप तानिएका छन् ।
प्रहरीले कुनै पनि सामान समाएपछि छोड्नका लागि अदालतमा वा सम्बन्धित निकायमा बुझाउनु पर्छ । मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका छ । तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो । केही दिन अघि मात्रै नोचा बिओपीका इन्चार्ज पनि तानिएका थिए ।
नोचाबाट बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका भरियालाई निश्चित रकम दिएर एउटा मोटरसाइकल र अटोमा सामान ओसार्ने दिइएको आरोप छ । यस्ता भरियाले मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु पुर्याइदिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार