आज ‘क्रिसमस डे’ मनाइँदै

नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार ६:५९:२४

१० पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउन थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
बालबालिकाको हकहितको विषयमा काठमाडौं महानगरले गर्यो सरोकारवाला निकायसँग छलफल
फागुन १३, २०८१ मंगलबार
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी कोरिडोर
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार