चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार ७:४२:४७
१० पुस, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गरेका छन् ।
‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले पर्व÷त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी÷धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।
शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन् । उनले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना पुनः व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार
अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार