पहिरोले क्षति पुर्याएको माथिल्लो तामाकोशीबाट सुरु भयो विद्युत् उत्पादन, उद्योगमा आपुर्ति बढ्ने
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार ११:१०:९
१० पुष, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ । अब तामाकोशी आयोजनाबाट १२५ देखि १३० मेगावाट उत्पादन हुनेछ । यसले अहिले भइरहेको विद्युत अभावलाई राहत मिल्नेछ । आयोजनाले माघ पहिलो सातादेखि पूर्ण रूपमा सञ्चालन हुने जनाएको छ ।
असोज १२ मा आएको पहिराले क्षति पुर्याएपछि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको थियो । विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने पोखरीमध्ये बायाँतर्फको मर्मतपछि सञ्चालनमा ल्याएको छ । पहिरोले विद्युत् केन्द्र सञ्चालन गृह पूर्णरूपमा क्षति गरेको थियो ।
तत्कालका लागि जलाशय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको बहाव बराबरको पानी सिधैं विद्युत् गृहमा पठाएर विद्युत् उत्पादन गरिने भएको छ । अहिले भइरहेको उद्योगहरुमा विद्युत आपुर्तिको समस्या अब घटेर जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार