‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १२:१७:१४
१० पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् ।
सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका छन् ।
“क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व हो, यसले हामीलाई प्रेम र भाईचारा प्रवर्द्धन गर्न सिकाउँछ”, सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण हो, जहाँ हामी सबैले एक आपसमा खुशी साटासाट गर्छौँ ।”
सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताएको छ ।
“शान्ति, प्रेम र सह–अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ,” नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको संगमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार