मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १४:२४:३६
१० पुष, काठमाडौं । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि ८४ हजार बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार कात्तिक महिनामा म्यानपावरमार्फत जान चाहने २८ हजार ८६८ जनाको श्रम स्वीकृति भएको छ । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना रहेका छन् । यसैगरी व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
तथ्यांकअनुसार मंसिर महिनामा यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । यूएईका लागि २४ हजार ७६९, साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा १०० देशमा काम गर्नका लागि नेपालीले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार