कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १४:३२:२७
१० पुष, काठमाडौं । कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दल बोकेको जहाज दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २–८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको हो ।
कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको हो । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनामा परेका २५ जनाको जीवितै उद्धार भएको छ । २२ जनालाई अस्पताल लगिसकेको कजाखस्तानको विपत् व्यवस्थापन मन्त्रालयले जनाएको छ । जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि आपतकालीन अवतरण गर्नुपरेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन् ।
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको कजाकिस्तानकाे यातायात मन्त्रालयले जनाएको छ । अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अजरबैजान एयरलाइन्सको जे २–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएकाे बीबीसीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार